19 June, 2011

BBC - Sajha Sawal Eps. 188 (2011)


Synopsis:
सुडानमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका लागि खरीद गरिएको हतियार, बख्तरबन्द गाडी र बन्दोवस्तीको सामानमा झण्डै २९ करोड रूपैंया हिनामिना भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३४ जना उच्च प्रहरी अधिकृत र दुईजना ठेकेदारका विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कतिले यस घटनालाई दशककै सबैभन्दा ठूलो आर्थिक घोटाला भनेका छन् भने धेरैले यो घटनामा केही राजनीतिक नेतृत्व र केही सरकारी अधिकारीलाई उन्मुक्ति दिन खोजेको आरोप पनि लगाएका छन् ।

वास्तवमा के हो त सुडानको घोटालाको काण्ड? किन हुन्छन् यस्ता घोटाला? कसरी हुन्छन् यस्ता ठूला भ्रष्टाचार? सुडान घोटाला र भ्रष्टाचारको सवालमा यो साताको साझा सवालको छलफलमा संसदको राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकाल र भ्रष्टाचार मामिलाका ज्ञाता डा. नारायण मानन्धर हुनुहुन्छ ।

Guests: Ramnath Dhakal, Narayan Manandhar
Date: 19.06.2011
Watch

No comments:

Post a Comment