About:
Soaring Market Price
तपाईं हामी सबैलाई पेट भर्न चाहिने दाल चामल, तरकारी, चिनी जस्ता दैनिक
उपभोग्य वस्तुको भाउ छुनै नसक्ने गरि आकासिएको छ। सरकारले खाद्यान्न
उत्पादन सबैभन्दा बढी भएको र २३ वर्ष यता सबैभन्दा बढी उपभोग्य बस्तु
सञ्चित भएको तथ्य सार्वजनिक गरेकै बर्ष बजारमा उपभोग्य बस्तुको भाउ यसरी
आकासिएको हो । दैनिक भान्साको खर्च यसरी बढ्दा बजार अनुगमन र नियमन गर्ने
सरकारी या उपभोक्ताहरुको संयन्त्र के गर्दैछ? सरकार भन्छ -- "बजारमा
कृत्रिम अभाव सिर्जना गरी अत्यावश्यक बस्तुहरुमा अत्यधिक मूल्य बृद्धि भएको
छ।" र प्रधानमन्त्री भन्छन्- "यो मुल्यवृद्दि नियन्त्रणका लागि तत्काला
कारवाही अघि बढाउनु पर्छ ।" त्यसका लागि के काम भैरहेको छ त? छलफलका लागी
हामीसंग हुनुहुन्छ- वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, उपभोक्ता हित
संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र खाद्यान्न लगायतका समग्री उत्पादन
गर्ने गोल्छा अर्गनाईजेसनका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका
निवर्तमान प्रथम उपाध्यक्ष दिवाकर गोल्छा । ६० जना उपभोक्ताबीचमा पहिलो
लहरमा हुनुहुन्छ बजार अनुगमन गर्ने निकाय वाणिज्य विभागका महानिर्देशक
नारायण प्रसाद बिडारी ।
Guests: Lalmani Joshi, Jyoti Baniya, Diwakar Golchha and Narayan Prasad Bidari
Date:
02.09.2012Watch
No comments:
Post a Comment