Showing posts with label Radio. Show all posts
Showing posts with label Radio. Show all posts

14 April, 2013

BBC - Sajha Sawal Eps. 283 (2013)


About:
For and Against of Election

गैरदलीय चुनावी सरकार बनेपछि देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल भनिने नेपाली काँग्रेसले महासमिति बैठक सम्पन्न गरेको छ भने रेग्मी सरकार विघटनको माग गर्दै चुनावमा भाग नलिने बताइरहेको नेकपा- माओवादीले केन्द्रीय समिति बैठक डाकेको छ । शहरमा बुद्धिजीवी र सम्भ्रान्तका बीचमा हुने बहस हेर्ने हो भने चुनाव कठिन छ, झण्डै असम्भव नै । तर अघिल्लो हप्ता साझा सवालका लागि पश्चिम नेपालका मतदाताहरूको मनस्थिति बुझ्न केही जिल्ला पुग्दा, गाउँका मतदाता चुनावको मिति र उम्मेदवार घोषणा हुनासाथ भोट हाल्न आतुर देखियो । सँगै केही दल भने चुनावमा भागै नलिने बताइरहेका छन् । चुनावको उपयोग किन र विरोध किन? साझा सवालको यो बहसमा हामीसँग नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा- माओवादीका नेता कुलप्रसाद केसी 'सोनाम' हुनुहुन्छ ।
Guests: Kul Prasad K.C."Sonam" and Bishva Prakash Sharma
Date:  14.04.2013

07 April, 2013

BBC - Sajha Sawal Eps. 282 (2013)


About:
Are Voters Ready for Election?

तीन महिनाभित्र चुनाव गर्ने भनेर चुनावी सरकार बनाएको तीन हप्ता वितिसक्यो तर अहिलेसम्म चुनावको प्रक्रिया त के चुनावको मिति समेत घोषणा हुन सकेको छैन । प्रमुख राजनीतिक दलका नेताहरूले आउँदो असारभित्र चुनाव गर्ने भनी तत्कालीन प्रधानन्यायाधीसको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । अव भने तिनै दलमध्येका केही नेताहरूले मंसीरसम्म भएपनि चुनाव गर्नुपर्ने भनिरहेका छन् । नेताहरूले राजधानीमा चुनावको बारेमा कुरा गरिरहदाँ मतदाताहरू के सोचिरहेका छन् त? चुनावका बारेमा सर्वसाधारणको मत बुझ्न साझा सवाल टोली मध्यपश्चिमको सल्यान, दाङ र बाँके पुगेको छ । यो साझा सवालमा सल्यानको खलङ्गा, दाङको तुल्सीपुर र बाँकेको नेपालगञ्जका मतदातासहित नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँगको छलफल समेटिएको छ ।

Guests: None
Date:  7.04.2013

31 March, 2013

BBC - Sajha Sawal Eps. 281 (2013)


About:
Nepali Migrant Workers in Qatar

दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।

काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।

भेडिगोंठमा काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् । नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् ।

व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् ।

Guests: None
Date:  31.03.2013

24 March, 2013

BBC - Sajha Sawal Eps. 280 (2013)


About:
Agricultural Entrepreneurs - 2

६ वर्षदेखि हरेक हप्ता हामी साझा सवाल लिएर तपाइको रेडियो टेलिभिजनमा आइरहेका छौं र यो साझा सवालको २८० औं अंक हो । यसबीच सयौं नेता, विशिष्ट कर्मचारी, विशेषज्ञहरुसँग बहस भयो । ती कार्यक्रमका बारे प्रतिक्रियाहरु आइरहन्छन् । धेरै नेपाली कृषिसँग जोडिएको भएरै होला, सबैभन्दा धेरै प्रतिक्रिया पाएका कार्यक्रम चाहिँ कृषिका विषयमा गरिएका साझा सवाल हुन् । कतिपयले त कृषिका बारेमा गरिएको साझा सवालपछि आफूहरु कृषि कर्ममा लागेको पनि बताउनुहुन्छ । त्यसैले गएको हिउँदमा कार्यक्रम रेकर्डिङका लागि देशका विभिन्न भागमा जाँदा केही उत्साहित किसानहरुलाई हामी भेट्यौं । यसपटकको साझा सवालमा हामीले दाङका कर्म केसी, जुद्ध बहादुर पुन, रूपन्देहीका सीपी शर्मा, काठमाडौंका सूर्यप्रसाद पाण्डे र रामकुमार बानियाँ अनि कास्कीका छ्याम बहादुर थापाका परिश्रम र सफलताको कथा समेटेका छौं ।

Guests: Karma K.C., Juddha Bahadur Pun, C.P. Sharma, Surya Prasad Pandey, Ram Kumar Baniya and Chhayam Bahadur Thapa
Date:  24.03.2013

17 March, 2013

BBC - Sajha Sawal Eps. 279 (2013)


About:
Agricultural Entrepreneurs - 1

आज हामी नियमित बहस भन्दा अलिक फरक ढंगको साझा सवाल प्रस्तुत गर्दैछौं। साझा सवाल रेकर्डिङका लागि बेलाबेलामा हामी नेता, सरकारी कर्मचारी, विश्लेषकहरुसँगै देशको विभिन्न भागका नागरिकसम्म पुग्छौं । त्यो बेलाका नियमित बहस त तपाइहरुले सुन्दै हेर्दै आउनुभएको छ । तर विभिन्न ठाउँमा जाँदा हामीले त्यहाँ र त्यस वरपर कृषि क्षेत्रमामा उद्यम गरिरहेका नेपालीहरुलाई भेटेका छौं । तिनीहरुको संघर्ष, पौरख र चुनौतिका कथा यसपटकको साझा सवालमा । यो साता साझा सवालमा हामी धादिङ धार्केका बाख्रा पालक किसान नवराज आचार्य, गोरखा च्याङ्लीका गाई पालक किसान राजेन्द्रराज पन्त, गण्डकी रेन्वो ट्राउट फार्मका अमृत गुरुङ र लालचन गुरुङ, पोखरामा व्यवसायिक च्याउ खेती गरिरहेका टिका अर्याल र पर्वतको देउपुर गाविसका मौरीपालक देवीप्रसाद तिमिल्सिनाको कथा प्रस्तुत गर्दैछौं ।

Guests: Navaraj Acharya, Rajendra Raj Panta, Amrit Gurung, Lalchan Gurung, Tika Aryal, Devi Prasad Timilsina
Date:  17.03.2013

10 March, 2013

BBC - Sajha Sawal Eps. 278 (2013)


About:
Why are Schools Affected by Strikes?

गएको साताको आइतबार निजी विद्यालय सञ्चालकहरुले स्कूल बन्द गराए । सोमबार सत्तारुढ एनेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले देशभरका शैक्षिक संस्था बन्द गराए । बुधबार र बिहीबार त नेपाल बन्द नै भयो, सबै स्कूल कलेज बन्द भए । गत साता ७७ लाख स्कूले विद्यार्थीले एक दिन मात्र विद्यालयको मुख देखे। सरकारदेखि सबैजसो राजनीति दलले विद्यालय बन्द गर्दैनौं भनेर हस्ताक्षर गरेका छन् । तर सधै सबैजसो बन्दको पहिलो निशानामा, देशको भविष्य मानिने विद्यार्थी नै किन पर्छन् ? एक दिनको स्कूल बन्दले एक जना विद्यार्थीको एक दिन मात्र खेर जाला तर देशको लागि भने देशभरका ७७ लाख विद्यार्थीको ७७ लाख दिन खेर जान्छ । तर पनि हरेक जसो राजनीतिक दल, विद्यार्थी र शिक्षक संगठन तथा स्कूल सञ्चालकहरुले आफ्ना माग पुरा गराउन विद्यालयलाई नै प्रयोग गर्छन् । आज हामी विद्यार्थीको पढ्न पाउने अधिकारबारे बहस गर्दैछौं । बहसमा हामीसँग शिक्षामन्त्री दिनानाथ शर्मा, निजी शिक्षण संस्था संघर्ष समितिका संयोजक युवराज शर्मा र त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, ललितपुरकी प्रधानाध्यापक विद्या पाण्डे हुनुहुन्छ।

Guests: Dinanath Sharma, Yuvaraj Sharma and Vidhya / Bidhya Pandey
Date:  10.03.2013

03 March, 2013

BBC - Sajha Sawal Eps. 277 (2013)



About:
Role of Opposition in Politics

केही समय अघि प्रधानमन्त्रीले प्रतिपक्षलाई 'नत्थि लगाएर भए पनि चुनावमा ल्याउने' बताएका थिए । कति विश्लेषकले भने जस्तो 'कमजोर प्रतिपक्ष' भएका कारण प्रधानमन्त्रीले प्रतिपक्षलाई नत्थि लगाउनेसम्मको बिचार बोकेका होलान् त? माओवादीको एजेण्डामा अरु दल पछि लागेको भन्ने आरोप बाँकी दललाई लागिरहेको बेला नेपालमा प्रतिपक्षहरु कति प्रभावकारी छन्? प्रतिपक्ष दलहरु कति प्रभावकारी छन् भन्ने बारेमा छलफल गर्न आज हामीसँग नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्य, एनेकपा माओवादी नेता शशी श्रेष्ठ र राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल हुनुहुन्छ ।

Guests: Narhari Acharya, Shashi Shrestha and Lokraj Baral
Date:  03.03.2013

24 February, 2013

BBC - Sajha Sawal Eps. 276 (2013)


About:
Can the New Government Hold Election?

धेरैले भन्ने गर्छन चुनाव हुन सक्यो भने अहिलेको राजनीतिले निकास पाउने छ र न्यायपालिका प्रमुखको नेतृत्वमा चुनावी सरकार गठन गर्न मुख्य राजनीतिक शक्तिहरु लागिरहेका छन् । अब बन्ने कुनै पनि सरकारले साँच्चै चुनाव गराउन सक्ला? नयाँ सरकार र नयाँ चुनावका बारेमा छलफल गर्न करिब ५० जना सहभागीको बीचमा हामीसँग एनेकपा माओवादीका नेता खिमलाल देवकोटा, निर्वाचन आयोगमा लामो समय काम गरेका पूर्व गृहसचिव सुशिलजंग राणा र नेपाल बार एसोसियसनका महासचिव सुनिल कुमार पोखरेल हुनुहुन्छ ।

Guests: Khimlal Devkota, Sushil jung Rana and Sunil Kumar Pokharel
Date:  24.02.2013

17 February, 2013

BBC - Sajha Sawal Eps. 275 (2013)



About:
Ideological Shift of Maoists

सशस्त्र संघर्षबाटै सत्ता कब्जा गर्न सकिन्छ भनेर पार्टी स्थापना गरेको २१ वर्षपछि एकीकृत नेकपा (माओवादी)ले हेटौंडा महाधिवेशनबाट राजनीतिक धार फेरेर प्रतिस्पर्धात्मक राजनीतिलाई मुख्य नीति बनाएको छ । एकीकृत माओवादीको यो परिवर्तनले नेपालीको आउँदा दिनमा कस्तो फरक पार्छ त ? एकीकृत माओवादीको हेटौंडा महाधिवेशन सकिएको हप्ता दिनपछि पनि चुनावका लागि माओवादीले प्रस्ताव गरेको 'प्रधानन्यायाधीश नेतृत्वको सरकार' को सूत्र वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ । त्यसो त ०६२/६३ को आन्दोलनपछि गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लगायतका मुद्दामा नेपालको राजनीति माओवादी वरिपरि घुमेको धेरैले भन्ने गर्छन । एकीकृत माओवादीले राजनीतिक धार नै फेरको भनिएको त्यो महाधिवेशनले अहिलेको अस्थिर राजनीतिलाई स्थिरतामा बदल्न कस्तो प्रभाव पर्ला? आजको बहसमा हामीसँग एकीकृत माओवादीका केन्द्रीय सदस्य राम कार्की, नेकपा मालेका महासचिव सीपी मैनाली र पत्रकार युवराज घिमिरे हुनुहुन्छ । साथै, सहभागीको बीचमा एकीकृत माओवादीबाट छुट्टिएको नेकपा--माओवादी नेता अमृता थापा र विश्लेषक अनारसिंह कार्की हुनुहुन्छ ।

Guests: Ram Karki, C.P. Mainali and Yuvaraj Ghimire
Date:  17.02.2013

10 February, 2013

BBC - Sajha Sawal Eps. 274 (2013)



About:
Election- When Can I vote?

कसको नेतृत्वमा चुनाव भन्दाभन्दै दलहरुले ८ महिनाको समय बिताए र चुनावी सरकारको नेतृत्वका लागि नयाँ नयाँ नामहरु पनि आईरहेकै ‍छन् । नेताहरुले साँच्चै चुनाव खोजेकै हुन त? कहिले भोट हाल्न पाउँछन त नेपालीले? सबैले भन्ने गरेको गतिरोध अन्त्य गर्ने एउटै विकल्प चुनावका बारेमा छलफल गर्न हामीसँग पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व स्थानीय विकास मन्त्री एवं एमाले नेता उर्मिला अर्याल र सत्तारुढ दलहरुको समुह 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' का प्रवक्ता प्रेम बहादुर सिंह हुनुहुन्छ।

Guests:  Bhojraj Pokharel, Urmila Aryal and Prem Bahadur Singh
Date:  10.02.2013

03 February, 2013

BBC - Sajha Sawal Eps. 273 (2013)



About:
Politics Examined by Analysts and Observers

सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानका कारण राजनीति मुठभेडको अवस्थातिर लम्केजस्तो देखिन्छ । संभावित मुठभेडलाई चिर्ने सम्भाव्य कदम के हुन सक्छ? त्यसको नेतृत्व कसले लिनु पर्छ? राजनीतिको गतिरोध अन्त्य गर्न अवका सम्भाव्य कदमका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छ -- सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश एवं २०६३ को आन्दोलनका क्रममा गठन भएको रायमाझी आयोग भनेर चिनिएको आयोगका अध्यक्ष कृष्णजंग रायमाझी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल र पूर्व जलश्रोत मन्त्री दिपक ज्ञवाली ।

Guests: Krishna Jung Raymajhi, Krishna Khanal and Deepak Gyawali
Date:  03.02.2013

27 January, 2013

BBC - Sajha Sawal Eps. 272 (2013)



About:
Alternative Energy

विद्युत प्राधिकरणको तालिका अनुसार हिउँदको यो याममै दैनिक १४ घण्टा लोडसेडिङ छ, अर्थात एक दिनमा जम्मा १० घण्टा मात्रै बिजुली आउँछ । तत्काल बिजुली उत्पादन गर्न सक्ने ठूला परियोजनाहरु देशमा छैनन् । छिमेकी देशबाट आयात हुने बिजुली पनि आफैलाई नपुगेको भनेर भारतले आधा कटौती गरेको छ । बिजुलीको अभावले उद्योगधन्दा कलकारखाना र मानिसको सामान्य दैनिकी अप्ठेरोसँगै अस्तव्यस्त पारेको छ । ग्रामीण ऊर्जा अर्थात माइक्रो हाईड्रो, सोलार, विण्ड ईनर्जी, गोवरग्याँस जस्ता प्रविधी बिजुलीको बढ्दो माग सम्बोधन गर्ने विकल्प हुन सक्छ? ऊर्जा अभावलाई सम्वोधन गर्न बैकल्पिक उर्जाका श्रोतहरु कति प्रभावकारी हुन सक्छन भन्ने विषयमा हामी छलफल गर्दैछौं । छलफलमा हामीसंग हुनुहुन्छ बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. गोविन्दराज पोख्रेल र उर्जा विश्लेषक रत्नसंसार श्रेष्ठ ।

Guests: Gobinda / Govinda Raj Pokharel, Ratna Sansar Shrestha
Date:  27.01.2013

20 January, 2013

BBC - Sajha Sawal Eps. 271 (2013)



About:
Earthquake Safety

विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अब यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीन कुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोद मणि दीक्षित हुनुहुन्छ ।

Guests: Nabin / Navin Kumar Ghimire, Amod Mani Dikshit / Dixit
Date:  20.01.2013

13 January, 2013

BBC - Sajha Sawal Eps. 270 (2013)



About:
Violence Against Women

काठमाडौंमा ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार । बारामा छोरीलाई हत्या गरेको अभियोगमा बाबु पक्राउ । सर्लाहीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो। वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीलाई प्रहरीद्वारा बलात्कार । आजभोलि दिनदिनै यस्ता समाचार दोहोरिरहेका छन् । महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ? आज हामी महिलामाथि भइरहेका ज्यादती र त्यसलाई रोक्ने उपायका बारे बहस गर्दैछौं । बहसमा हामीसँग अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष एवं एनेकपा माओवादीका नेतृ शशी श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा, प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारी र महिला अधिकारकर्मी डा. रेणु राजभण्डारी हुनुहुन्छ ।

Guests: Shashi Shrestha, Sheikh / Shekh Chandtara, Keshav Adhikari and Renu Rajbhandari
Date:  13.01.2013

06 January, 2013

BBC - Sajha Sawal Eps. 269 (2013)

About:
Civil Administration

धेरैले यो देश बिग्रिनुको दोष नेताहरुलाई दिन्छन् । तर, हामीले साझा सवालमा अन्तर्वार्ता गरेका गणतन्त्रपछिका सबैजसो प्रधानमन्त्रीले सोचेजति आफूले काम गर्न नसक्नुको दोष चाहिँ कर्मचारी संयन्त्रलाई दिएका छन् । अचम्म त के छ भने मुख्यसचिव, सचिवहरुले गर्ने मुल्यांकनमा नेपालका हरेकजसो कर्मचारीले सयमा सय नै नम्वर पाएका हुन्छन् । त्यसो भए कर्मचारी संयन्त्रका नाइके मुख्यसचिव लीलामणि पौड्याल कसरी मुल्यांकन गर्छन् त नेपालको कर्मचारी संयन्त्रलाई?साझा सवालको यो अङ्क पोखरामा रेकर्ड गरिएको हो।

Guest: Lilamani Poudel / Paudel
Date:  06.01.2013

30 December, 2012

BBC - Sajha Sawal Eps. 268 (2012)

About:
Political Economy of Deforestation

नेपालको कुनै चीज पारदर्शी छ भने त्यो बन हो । वारिबाट हेरेको बन पारि छर्लंगै देखिन्छ । कृषिमा आश्रित नेपाली जनसंख्याका लागि घाँस, दाउरा, पानीलगायतको स्रोत बन नै हो । तर त्यही बन नै बर्षेनी हजारौं हेक्टर क्षेत्रफल नाङ्गो पारिएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालको ७५ जिल्लामध्ये सवैभन्दा बढी बनक्षेत्र भएको जिल्ला कैलाली हो भने सरकारी तथ्यांकअनुसार सवैभन्दा धेरै बन फँडानी भएको जिल्ला पनि कैलाली नै हो । सरकारी आँकडाले कैलाली जिल्लामा मात्र २० हजार हेक्टरभन्दा बढी बन उजाड पारिएको देखाउँछ । बन संरक्षणको नाममा हुने गरेको बन फँडानीका बारेमा बहस गर्न आज हामी कैलाली आइपुगेका छौं । यसरी हुने बन फँडानीमा दोषि को त? कैलालीको देवरिया सामुदायिक बनमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा पूर्व बनमन्त्री मातृका यादव, सामुदायिक बन उपभोक्ता महासंघ (फेकोफन) का अध्यक्ष अफ्सरा चापागाईं र क्षेत्रिय बन निर्देशनालय, धनगढीका प्रमुख विस्सुबाबु तिवारी हुनुहुन्छ ।

Guests:  Matrika Yadav, Apsara Chapagain / Chapagai and Bishnu / Vishwa Babu Tiwari
Date: 30.12.2012

23 December, 2012

BBC - Sajha Sawal Eps. 267 (2012)

About:
Corruption in Governance and Judiciary

नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'। भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ। कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? आज हामी प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।

Guests:  Gauri Bahadur Karki and Krishna Hari / Krishnahari Baskota
Date: 23.12.2012

16 December, 2012

BBC - Sajha Sawal Eps. 266 (2012)

About:
Role of Young Leaders to End Political Deadlock

पूर्व संविधानसभाका ठूला दलका ठूला नेताहरु देश बिगारेको दोष बोक्दाबोक्दा हैरान भए झैं देखिन्छन् । नयाँ चुनावको कुरा गर्ने तर कस्को नेतृत्वको सरकारले चुनाव गराउने भन्ने असहमतिमा ६ महिना खेर फालिसकेका प्रमुख दलका युवा नेताहरु चाहिँ अहिले के हेरेर बसेका छन्? अहिलेको राजनीतिक उकुसमुकसबाट देशलाई निकाल्न युवा नेताहरुले हस्तक्षेपकारी भुमिका खेल्न सक्छन् त? राष्ट्रपति तीन सातादेखि सहमतिमा नयाँ सरकार गठन गर्न दलहरुलाई म्याद थप गर्दै बसिरहेकाछन् । तर न सहमतिको लक्षण देखिएको छ, न राजनीतिक रुपमा बन्धक देखिएको देशले तुरुन्तै निकास पाउने अवस्था छ । देशलाई अनिर्णयको बन्धनबाट निकाल्न युवाहरुसँग भएको उपायबारे बहस गर्न आज हामीसँग हुनुहुन्छ एमाओवादी नेता- देबी खड्का, काङग्रेस नेता- गगन थापा र एमाले नेता- योगेश भट्टराई ।

Guests:  Devi / Debi Khadka, Gagan Thapa and Yogesh Bhattarai
Date: 16.12.2012

09 December, 2012

BBC - Sajha Sawal Eps. 265 (2012)

About:
Vacant Constitutional Bodies

सरकार मात्र होइन ठूला साना सबै दल वैशाखमा चुनाव गर्ने भन्दैछन्, तर एक महिनापछि निर्वाचन आयोगमा कोहि आयुक्त हुनेछैनन्। करीव ६ बर्षदेखि भ्रष्टाचारको छानविन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ति हुन सकेको छैन न त महालेखा परीक्षकको नियुक्ति हुन सकेको छ । अर्को संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष पद पनि खाली नै छ । हुँदाहुँदा अब त अदालतहरु पनि न्यायाधीश बिहीन हुन थालेको अवस्था छ । यस्ता संवैधानिक निकायमा हुने रिक्तताले के असर पार्छ ? किन नियुक्त हुन सक्दैनन् आयुक्तहरु ? संवैधानिक निकायमा भएका रिक्तताबारे छलफल गर्न आज हामीसँग सरकारका प्रवक्ता, सञ्चारमन्त्री तथा मधेशी जनअधिकार फोरमका गणतान्त्रिकका अध्यक्ष राज किशोर यादव, पूर्व महालेखा परीक्षक र ट्रान्सपेरन्सी इन्टरनेशनलका नेपालका हालका अध्यक्ष विष्णु बहादुर केसी र न्यायपरिषदका सदस्य अधिवक्ता उपेन्द्र केशरी न्यौपाने हुनुहुन्छ।

Guests:  Raj Kishor Yadav, Bishnu / Vishnu Bahadur K.C. and Upendra Keshari Neupane
Date: 09.12.2012

02 December, 2012

BBC - Sajha Sawal Eps. 264 (2012)

About:
Present-Day Nepal's Image Abroad

यो जन्मदै जगतमा कैयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो
...............................
गोपाल प्रसाद रिमालले दशकौं अघि रचेको यो भाव जस्तै नेपाली शान उच्च भनेर नेपालीले मात्रै गौरवको गाथा गाइरहेका छन् कि अन्तर्राष्ट्रिय जगतको नजरमा पनि नेपालको शिर उँचों नै छ ।
बदलिंदो नेपाललाई अन्तर्राष्ट्रिय जगतले कसरि हेरिरहेको छ? आजको साझा सवालमा छलफलका लगि हामीसँग अमेरिका र भारतका लागि राजदूत भइसक्नुभएका पूर्व परराष्ट्र मन्त्री डा. भेष बहादुर थापा, संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व प्रतिनिधि प्रा. जयराज आचार्य र जर्मनीका लागि पूर्व राजदूत प्रा. नोबल किशोर राई हुनुहुन्छ ।

Guests: Bhes / Bhesh Bahadur Thapa, Jayaraj Acharya and Naval / Nawal / Nobal Kishor Rai
Date: 02.12.2012