About:
Nepali Migrant Workers in Qatar
दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास
कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली
कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ,
ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।
काममा सुख दुःख त जहाँ
पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए
तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा
बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।
भेडिगोंठमा
काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही
व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत
पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा
कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ
गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ
गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् ।
नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली
व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् ।
व्यवसायी
कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र
स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् ।
कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी
ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र
राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो
समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने
अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला
नपाउने बताउँछन् ।
Guests: None
Date:
31.03.2013
Watch
No comments:
Post a Comment