12 February, 2012

BBC - Sajha Sawal Eps. 222 (2012)

About:
Delay in Construction

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीलाई पूर्व पश्चिम राजमार्गको बर्दिबाससँग जोड्ने ३७ किमी सडक बन्न लागेको तीन दशक नाघिसक्यो । अझै पनि यो बाटो पक्का भएको छैन । यो त एउटा उदाहरण मात्र हो । देशैभरि विकास निर्माणको यस्ता काममा ढिला हुने गरेका प्रशस्त गुनासाहरू सुन्न पाइन्छ । आर्थिक समृद्धिको एउटा महत्वपूर्ण पाटो भनेको भौतिक पुर्वाधारहरूको निर्माण हो । सडक, विद्युत, सिचाईं, विमानस्थलजस्ता ठूला भौतिक पुर्वाधारहरूको निर्माणसँगै देशले समृद्धि हासिल गर्छ । नेपालमा भने चाहे पुल बनाउन होस् वा विद्युत निर्माण अथवा खानेपानी योजना, कुनै पनि बेलैमा सम्पन्न हुँदैन । विकास निर्माणमा किन ढिलाइ हुन्छ त? सिन्धुलीमा तयार गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छ एकीकृत नेकपा माऒबादीका नेता सीपी गजुरेल र निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने हुनुहुन्छ ।

Guests: C.P. Gajurel and Jayaram Lamichhane
Dates: 12.02.2012
Watch

No comments:

Post a Comment