17 March, 2013

BBC - Sajha Sawal Eps. 279 (2013)


About:
Agricultural Entrepreneurs - 1

आज हामी नियमित बहस भन्दा अलिक फरक ढंगको साझा सवाल प्रस्तुत गर्दैछौं। साझा सवाल रेकर्डिङका लागि बेलाबेलामा हामी नेता, सरकारी कर्मचारी, विश्लेषकहरुसँगै देशको विभिन्न भागका नागरिकसम्म पुग्छौं । त्यो बेलाका नियमित बहस त तपाइहरुले सुन्दै हेर्दै आउनुभएको छ । तर विभिन्न ठाउँमा जाँदा हामीले त्यहाँ र त्यस वरपर कृषि क्षेत्रमामा उद्यम गरिरहेका नेपालीहरुलाई भेटेका छौं । तिनीहरुको संघर्ष, पौरख र चुनौतिका कथा यसपटकको साझा सवालमा । यो साता साझा सवालमा हामी धादिङ धार्केका बाख्रा पालक किसान नवराज आचार्य, गोरखा च्याङ्लीका गाई पालक किसान राजेन्द्रराज पन्त, गण्डकी रेन्वो ट्राउट फार्मका अमृत गुरुङ र लालचन गुरुङ, पोखरामा व्यवसायिक च्याउ खेती गरिरहेका टिका अर्याल र पर्वतको देउपुर गाविसका मौरीपालक देवीप्रसाद तिमिल्सिनाको कथा प्रस्तुत गर्दैछौं ।

Guests: Navaraj Acharya, Rajendra Raj Panta, Amrit Gurung, Lalchan Gurung, Tika Aryal, Devi Prasad Timilsina
Date:  17.03.2013
Watch

No comments:

Post a Comment