10 March, 2013

BBC - Sajha Sawal Eps. 278 (2013)


About:
Why are Schools Affected by Strikes?

गएको साताको आइतबार निजी विद्यालय सञ्चालकहरुले स्कूल बन्द गराए । सोमबार सत्तारुढ एनेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले देशभरका शैक्षिक संस्था बन्द गराए । बुधबार र बिहीबार त नेपाल बन्द नै भयो, सबै स्कूल कलेज बन्द भए । गत साता ७७ लाख स्कूले विद्यार्थीले एक दिन मात्र विद्यालयको मुख देखे। सरकारदेखि सबैजसो राजनीति दलले विद्यालय बन्द गर्दैनौं भनेर हस्ताक्षर गरेका छन् । तर सधै सबैजसो बन्दको पहिलो निशानामा, देशको भविष्य मानिने विद्यार्थी नै किन पर्छन् ? एक दिनको स्कूल बन्दले एक जना विद्यार्थीको एक दिन मात्र खेर जाला तर देशको लागि भने देशभरका ७७ लाख विद्यार्थीको ७७ लाख दिन खेर जान्छ । तर पनि हरेक जसो राजनीतिक दल, विद्यार्थी र शिक्षक संगठन तथा स्कूल सञ्चालकहरुले आफ्ना माग पुरा गराउन विद्यालयलाई नै प्रयोग गर्छन् । आज हामी विद्यार्थीको पढ्न पाउने अधिकारबारे बहस गर्दैछौं । बहसमा हामीसँग शिक्षामन्त्री दिनानाथ शर्मा, निजी शिक्षण संस्था संघर्ष समितिका संयोजक युवराज शर्मा र त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, ललितपुरकी प्रधानाध्यापक विद्या पाण्डे हुनुहुन्छ।

Guests: Dinanath Sharma, Yuvaraj Sharma and Vidhya / Bidhya Pandey
Date:  10.03.2013
Watch

No comments:

Post a Comment