18 November, 2012

BBC - Sajha Sawal Eps. 262 (2012)

About:
Hydro-power Development and Possibilities

अहिले बन्दै गरेका जलविद्युत परियोजनाहरूमध्ये सबैभन्दा ठूलो क्षमताको विजुली उत्पादन गर्ने दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण जारी छ । नेपालीको मात्र लगानीमा बनिरहेको माथिल्लो तामाकोशीको निर्माण तीन बर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य छ । सधै लोडसेडिङ भइरहने नेपालमा यस्ता ठूला ठूला परियोजना कसरी बन्दैछन्? कहिले अन्त्य होला त लोडसेडिङ? साझा सवालमा आज हामी नेपालमा जलविद्युतको सम्भावना र विकासको बारेमा छलफल गर्दैछौं । दोलखाको सदरमुकाम चरिकोटमा तयार गरिएको यो साझा सवालको छलफलमा उर्जा मन्त्रालयका प्रवक्ता अनुप कुमार उपाध्याय, जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव अर्जुन कार्की र जलस्रोतका अनुसन्धाता डा. उपेन्द्र गौतम हुनुहुन्छ ।


Guests:  Anup Kumar Upadhyay, Arjun Karki and Upendra Gautam
Date: 18.11.2012
Watch

No comments:

Post a Comment