04 November, 2012

BBC - Sajha Sawal Eps. 260 (2012)

About:
Use and Impact of Pesticides

कृषि उत्पादन बढाउने नाममा कृषकहरूले खेतबारीमा विषादीको प्रयोग बढाउँदै लगेका छन् । विषादी प्रयोग हुने नेपालका धेरै ठाउँहरूमध्ये काभ्रेको पाँचखाल उपत्यका पनि एक हो । किसानहरूले त्यस्तो विषादी उचित रूपले प्रयोग गरेका छन् त? खेतबारीमा प्रयोग हुने विषादीको किसान र उपभोक्तामा पर्ने असरका बारेमा सम्वन्धित निकाय कत्तिको सचेत छ त? ६० बर्षअघि विदेशीले दान दिएर नेपालमा विषादी भित्रिएको थियो । अन्नपात, सागसब्जी र फलफूल धेरै फल्छ भन्दै शुरूमा किसानलाई विषादी प्रयोग गर्न सरकारले नै प्रोत्साहन गरेको थियो । तर अहिले किसानले प्रयोग गरेको विषादीको कारण मानिसको स्वास्थ्यमा असर गरेको कुरा सुनिने गरेको छ । रासयानिक मल र विषादीको प्रयोगलाई कम र व्यवस्थित गर्न के गर्नुपर्ला? काभेको पाँचखाल उपत्यकामा तयार गरिएको साझा सवालको यो बहसमा कृषि मन्त्रालयअन्तर्गत विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाका प्रमुख सावित्री बराल र विषादीका सम्वन्धमा अनुसन्धान गरिरहनुभएका डा. श्याम लोहनी हुनुहुन्छ ।

Guests: Savitri / Sabitri Baral and Shyam Lohani
Date: 04.11.2012
Watch

No comments:

Post a Comment