03 June, 2012

BBC - Sajha Sawal Eps. 238 (2012)

About:
Nepali Diaspora in Japan

३७७६ मिटर उचाइको माउन्ट फुजी जापानीहरूका लागि गौरवको विषय हो भने कतिपय पर्यटकहरूको आकषर्ण पनि हो । अहिले, धेरै नेपालीहरूका लागि जापान आकर्षणको एउटा गन्तब्य बनेको छ । युवाहरू विद्यार्थी भिसालगायत अरू कामका लागि जापान जाने क्रम बढेको छ । जापानमा भएका नेपालीहरूको अवस्था कस्तो छ त?
गएको बैशाख महिनाको शुरूमा साझा सवाल टोली जापानमा थियो । जापानमा रहदाँ हामीले धेरै नेपालीहरूलाई भेट्यौ र उनीहरूसँग कुराकानी गर्यौं । विश्वको अरू देशको तुलनामा जापानमा धेरै नेपालीहरू व्यवसायमा संलग्न रहेको पाइयो । रेस्टुरेन्ट व्यवसायमा धेरै नेपालीहरूको आकर्षण देखियो । जापानको राजधानी टोकियोको एउटा सामुदायिक केन्द्रमा झण्डै दुईसय नेपालीहरूबीच साझा सवालमा छलफल गर्न जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र जापानमा रहेका नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष भवन भट्ट हामीसँग हुनुहुन्थ्यो ।

Guests: Madan Kumar Bhattarai, Bhawan Bhatta
Dates: 03.06.2012
Watch

No comments:

Post a Comment