About:
Government and Constitution Building
नयाँ सविधान बनाउन तीन हप्ता मात्र बाँकि रहदाँ नेताहरु भने सरकार बनाउन
कस्सिएर लागेका छन् । दलहरुको पछिल्लो सहमति अनुसार संविधान जारी हुने
बेलासम्म दुई दुई वटा सरकार बन्नेछ । 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर'
भनेजस्तो नेताहरुलाई यो अन्तिम घडिमा पनि किन सरकार फेरबदलकै चटारो परेको
होला? नागरिकहरुको अपेक्षा थियो -- शान्ति प्रक्रियाले किनारा पाएपछि
संविधान लेखिने कामले गति लिनेछ । तर राजनीतक दलहरुको पछिल्लो गतिविधी
हेर्दा सरकार फेरबदल पहिलो र संविधान लेख्ने काम पछिल्लो प्राथमिकतामा
परेको देखिन्छ।
सरकार र संविधान निर्माण र यसका रहस्यका विषयमा साझा सवालमा छलफल गर्न पूर्वप्रधानमन्त्री एमाले नेता माधव कुमार नेपाल हुनुहुन्छ ।
Guests: Madhav Kumar Nepal
Dates: 06.05.2012
Watch
No comments:
Post a Comment