07 April, 2013

BBC - Sajha Sawal Eps. 282 (2013)


About:
Are Voters Ready for Election?

तीन महिनाभित्र चुनाव गर्ने भनेर चुनावी सरकार बनाएको तीन हप्ता वितिसक्यो तर अहिलेसम्म चुनावको प्रक्रिया त के चुनावको मिति समेत घोषणा हुन सकेको छैन । प्रमुख राजनीतिक दलका नेताहरूले आउँदो असारभित्र चुनाव गर्ने भनी तत्कालीन प्रधानन्यायाधीसको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । अव भने तिनै दलमध्येका केही नेताहरूले मंसीरसम्म भएपनि चुनाव गर्नुपर्ने भनिरहेका छन् । नेताहरूले राजधानीमा चुनावको बारेमा कुरा गरिरहदाँ मतदाताहरू के सोचिरहेका छन् त? चुनावका बारेमा सर्वसाधारणको मत बुझ्न साझा सवाल टोली मध्यपश्चिमको सल्यान, दाङ र बाँके पुगेको छ । यो साझा सवालमा सल्यानको खलङ्गा, दाङको तुल्सीपुर र बाँकेको नेपालगञ्जका मतदातासहित नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँगको छलफल समेटिएको छ ।

Guests: None
Date:  7.04.2013
Watch

No comments:

Post a Comment