30 December, 2012

BBC - Sajha Sawal Eps. 268 (2012)

About:
Political Economy of Deforestation

नेपालको कुनै चीज पारदर्शी छ भने त्यो बन हो । वारिबाट हेरेको बन पारि छर्लंगै देखिन्छ । कृषिमा आश्रित नेपाली जनसंख्याका लागि घाँस, दाउरा, पानीलगायतको स्रोत बन नै हो । तर त्यही बन नै बर्षेनी हजारौं हेक्टर क्षेत्रफल नाङ्गो पारिएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालको ७५ जिल्लामध्ये सवैभन्दा बढी बनक्षेत्र भएको जिल्ला कैलाली हो भने सरकारी तथ्यांकअनुसार सवैभन्दा धेरै बन फँडानी भएको जिल्ला पनि कैलाली नै हो । सरकारी आँकडाले कैलाली जिल्लामा मात्र २० हजार हेक्टरभन्दा बढी बन उजाड पारिएको देखाउँछ । बन संरक्षणको नाममा हुने गरेको बन फँडानीका बारेमा बहस गर्न आज हामी कैलाली आइपुगेका छौं । यसरी हुने बन फँडानीमा दोषि को त? कैलालीको देवरिया सामुदायिक बनमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा पूर्व बनमन्त्री मातृका यादव, सामुदायिक बन उपभोक्ता महासंघ (फेकोफन) का अध्यक्ष अफ्सरा चापागाईं र क्षेत्रिय बन निर्देशनालय, धनगढीका प्रमुख विस्सुबाबु तिवारी हुनुहुन्छ ।

Guests:  Matrika Yadav, Apsara Chapagain / Chapagai and Bishnu / Vishwa Babu Tiwari
Date: 30.12.2012
Watch

No comments:

Post a Comment