About:
Fertilizer Scarcity and Agriculture
माटो विरलै छुने नेता र उच्च पदस्थ अधिकारीहरुले हिलो पानीमा दुई चार पाईला
चप्ल्याङ चुप्लुङ खुट्टा चोबलेर २-४ रोपो धान रोप्दै, असार १५ को दही
चिउरा खाए । तर किसानहरुलाई भने उचित सिंचाई नहुँदा बेलामा पानी नपरेर
चिन्ता छँदै थियो, त्यसमाथि, समयमा विकासे मल नपाउँदा अर्को चिन्ता थपियो ।
दुई तिहाइ जनसंख्या कृषक रहेको देशमा खेती लाउने बेलामा मलको हाहाकार,
खेती राम्रो भइहाल्यो भने बेच्ने बेलामा भाउ नपाएर हैरानी । कृषिप्रधान
देशमा किसान किन सँधै पीडित छन्? कमजोरी कहाँ छ, नीतिमा कि त्यसलाई
कार्यान्वयन गर्ने निकायमा ?
नेपाली खेतीबालीका लागि नयाँ बीउ र
प्रबिधि सिफारिस गर्ने सरकारी निकाय -- कृषि अनुसन्धान परिषद्को खुमलटार
कार्यालय परिसरमा तयार गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छ- कृषि
मन्त्रालयका प्रवक्ता हरि दाहाल, कृषि विशेषज्ञ कृष्ण प्रसाद पौडेल र
विभिन्न राजनीतिक दल आवद्ध किसानहरुको सञ्जालका संयोजक चित्र बहादुर श्रेष्ठ
।
Guests: Hari Dahal, Krishna Prasad Poudel / Paudel and Chitra Bahadur Shrestha
Dates: 01.07.2012
Watch
or
Watch
No comments:
Post a Comment