27 November, 2011

BBC - Sajha Sawal Eps. 211 (2011)


About:
State Restructuring

राज्य पुनर्संरचनाको लागि कहिले आयोग, कहिले समिति त कहिले विज्ञ समुह भनेर अलमलिएका दलहरु अन्त्यमा नौ सदस्यीय आयोग बनाएर राज्य पुनर्संरचना गर्न तयार देखिएका छन् । अध्यक्षविनाको आयोगलाई दुइ महिनाभित्र पुनर्संरचनाको खाका तयार गर्न भनिएको छ । त्यसले तयार गर्ने खाका पनि संविधान सभाले पारित नै गर्छ भन्ने कुनै निश्चित छैन । साझा सवालको यो अलिक फरक अंकमा हामी संघीयता र राज्य पुनर्संरचनाबारे जनभावना बुझ्ना देशका बिभिन्न ठाउँहरुमा पुगेका छौं। सुरुमा गोरखा, त्यसपछि रोल्पा सदरमुकाम लिवाङ, मुगुको रारा र गमगढी तथा बझाङको चैनपुर हामी पुग्यौं । त्यस्तै तराइको जिल्ला बीरगंज र सुदुरपूर्व ईलामको फिक्कल पनि हामी पुग्यौं । राज्य पुनर्संरचनाकै विषयमा छलफल गर्न आजको साझा सवालमा हामीसँग आयोगका सदस्य प्रा. डा. कृष्ण हाछेथु स्टुडियोमा हुनुहुन्छ । साथै, राज्य पुनर्संरचना आयोगको प्रमुखमा प्रस्ताव गरिए पनि सहमति नभएका प्रा. डा. कृष्ण खनाल, तराइबाट पत्रकारिता गर्नुहुने चन्द्रकिशोरको विचार पनि यो साझा सवालमा समेटेका छौं ।

Guests: Krishna Hachhethu and Chandra Kishor
Date: 27.11.2011
Watch

No comments:

Post a Comment