23 October, 2011

BBC - Sajha Sawal Eps. 206 (2011)


About:
Women in Nepal

महिला विरुद्ध हुने सबै प्रकारका भेदभावको अन्त्य र हरेक क्षेत्रमा महिलाको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेपालले करिब दुई दर्जन अन्तराष्ट्रिय महासन्धि र सम्झौताहरुमा हस्ताक्षर गरिसकेको छ । अन्तरिम संविधानमा पनि नागरिकलाई लिंगको आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ । त्यस्तै राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्रावधान छ । तर व्यवहारमा यी कुराहरु किन लागू हुन सकेका छैनन्? महिलालाई कसरी अधिकारसम्पन्न बनाउने?
घरभित्र हुने स-- साना निर्णयदेखि राज्य तहका ठूला-ठूला नीति निर्माणमा समेत नेपाली महिलाहरुको समान सहभागिता हुन सकेको छैन । कसरी नेपाली महिलाहरुको जीवनस्तर उकासेर समतामूलक समाजको निर्माण गर्न सकिएला ? आज हामी यो विषयमा छलफल गर्दैछौं । छलफलमा हामीसँग हुनुहुन्छः एकीकृत नेकपा माओवादीका सभासद् पम्फा भुषाल, युएन वुमनका संगिता थापा र शान्ति, न्याय र लोकतन्त्रकालागि महिला सञ्जाल (संकल्प) का अध्यक्ष दुर्गा सोव।

Guests: Pampha / Pamfa Bhusal, Sangeeta / Sangita Thapa and Durga Sob / Sov / Sow
Date: 23.10.2011
Watch

No comments:

Post a Comment