14 August, 2011

BBC - Sajha Sawal Eps. 196 (2011)


About:
संविधान, सरकार र राजनीतिक अन्योलता कसरी हटाउने भन्ने विषयमा छलफल गर्न लागेको तीन बर्ष नाघ्यो । बहस जारी छ, तर उल्लेख्य परिणाम अझै निस्कन सकेको छैन । जब जब संविधानसभाको म्याद सकिने बेला आउँछ, सरकार परिवर्तनको कुरा पनि सँगै आउँछ । संविधानसभाको म्याद दुई पटक थपियो, तीन तीनवटा सरकार पनि बने तर नेताले न त शान्तिप्रक्रिया टुंग्याए, न संविधान नै बनाए । फेरि सरकार परिवर्तनकै मेलो छ । सँधैको किचलोको निकास के होला त?
राजनीतिले फड्को नमार्नुमा धेरैले, नेतृत्व सम्हालिरहेका अहिलेका नेताहरुलाई दोष दिन्छन् । उनीहरुको तर्क छ-- यतिखेर नेतृत्वमा रहेका नेताहरुसँग नयाँ विचार र जोशको अभाव छ । त्यसो भए युवा नेताहरुसँग अहिलेको संकट समाधानको उपाय छन् त? यस विषयमा छलफल गर्न आज हामीसँग चार पार्टीका युवा नेताहरु हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टीका लीला न्याइच्याइ, नेकपा एमालेका गोकर्ण विष्ट, नेपाली कांग्रेसका गगन थापा र एकीकृत माओवादीका हेमराज भण्डारीसँगको बहस यसपटकको साझा सवाल ।

Guests: Lilal Nyaichyai, Gokarna Bista, Gagan Thapa and Hemraj Bhandari
Date: 14.08.2011
Watch

No comments:

Post a Comment