31 July, 2011

BBC - Sajha Sawal Eps. 194 (2011)


About:
औषधी यस्तो चीज हो जसमा प्रयोगकर्तालाई छनौटको अधिकार हुँदैन, डाक्टरले जे लेख्यो त्यसैलाई उपयोग गर्नु पर्छ। त्यसबाहेक गाउँ होस या शहर; बिरामी पर्दा अस्पताल र डाक्टरकोमा जाने भन्दा पनि पहिले औषधी पसल जाने र पसलले जे दियो त्यही औषधी खाने चलन अधिकाशं नेपालीको छ । तर देशभरि अनुमति लिएका भन्दा नलिएका औषधी पसलहरु धेरै भएको व्यवसायीहरु बताउँछन। यस्तो अबस्थामा मानिसहरुले गुणस्तरीय औषधी पाईरहेका छन त? ढुक्क भएर औषधी उपयोग गर्न सक्ने अवस्था छ कि छैन ? आजको साझा सवालको वहस।
यथेष्ट डाक्टरहरु छैनन, स्वास्थ्यकर्मीहरु छैनन, औषधी बेच्न दक्ष जनशक्तिको पनि अभाव छ। तैपनि बिरामी हुँदा औषधीको गुणस्तर, मूल्य आदि बिचार गर्नु भन्दा पनि जे फेला पर्छ त्यसमै भर नपरि सुख छैन।
आज हामी औषधीको गुणस्तर, नाफाखोरी, औषधी विक्री वितरण गर्नेहरुको योग्यताका बारेमा छलफल गर्दै छौं। छलफलमा हामीसंग हुनुहुन्छ: औषधि व्यवस्था विभागका निर्देशक राधारमण प्रसाद- नेपालमा औषधीको गुणस्तर परिक्षण गर्नेदेखि बजार अनुगमन गर्ने र औषधी उत्पादन, वितरण र औषधी पसल राख्नेसम्मको अनुमति यही विभागले दिने गर्छ । अनि, डा. अरुणा उप्रेती - जनस्वास्थका विषयमा अधिकारकर्मी र उमेशलाल श्रेष्ठ - औषधी उत्पादक संघका अध्यक्ष पनि यो बहसमा हुनुहुन्छ ।

Guests: Aruna Uprety and Umeshlal Shrestha
Date: 31.07.2011
Watch

No comments:

Post a Comment