04 March, 2011

BBC - Sajha Sawal Eps. 165 ()


About:
Broadcasted on 9 January 2011.

अपाङगता भएका केही व्यक्तिले आफ्नो जीवन साङगहरुले भन्दा पनि सार्थक बनाएका छन। साझा सवालको यो १६५ औं अ‍कमा हामी शारिरिक रुपमा अपाङग भएका व्यक्तिहरुसँग छलफल गर्दैछौ‍। तर उहाँहरु आफ्नो कार्यक्षेत्रमा साङ्ग भन्दा कुनै कुरामा कम हुनुहुन्न। उहाँहरु कसैको हात छैन, कसैको खुट्टा छैन, कोही आँखा देख्नुहुन्न, कोही कान सुन्नुहुन्न र पनि अरु भन्दा काममा कतै फरक हुनुहुन्न।

भिन्न रुपमा सक्षमहरुको यो बहसमा छलफल गर्दै हुनुहन्छ दृष्टिबिहिन डा‌ कमल लामीछाने जसले टोक्यो विश्वविद्यालय जापानबाट विद्यावारिधी गर्नुभएको छ। त्यस्तै व्हिलचेयरमा हिड्नुहुने सभासद ईन्द्रमाया गुरुङ जो एकिकृत नेकपा माओवादीबाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ र सुशिला ढकाल जो निजामति सेवामा नायब सुब्बा हुनुहुन्छ।

उहाँका दुबै हात छैनन तर साङ्गले झै‍ सबै काम खुट्टाले गर्नुहुन्छ। नेपाल पर्यटन वोर्डमा गरिएको कार्यक्रममा अपाङगता भएका व्यक्ति तथा अरु केही साङ्गहरु पनि सहभागी हुनुहुन्छ। अपाङगप्रति कस्तो छ सामाजिक सोच, उनीहरुको समस्या कस्तो छ र अपाङ्गमा भएका व्यक्तिको पक्षमा कस्तो नीति कस्तो बन्नु पर्छ ?
Part-01
Part-02
Part-03
Part-04

No comments:

Post a Comment