15 January, 2012

BBC - Sajha Sawal Eps. 218 (2012)


About:
Disability Rights

नयाँ संविधान बन्ने प्रक्रिया चल्दै गर्दा समाजका विभिन्न क्षेत्र र बर्गका मानिसहरु आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्न लागि परेका छन् । त्यसका लागि उनीहरु प्रभावशाली नेताकोमा पुगेका छन्, पार्टी कार्यालय धाएका छन्; परि आए सभा जुलुस निकालेका छन् । तर शारिरीक हिसावले अरु सरह नभएका; नेता र पार्टी कार्यालय धाउन अप्ठेरो पर्ने - अपाङगहरुको अधिकार नयाँ विधानमा कसरि सुरक्षित हुनेछ? यो विषयको साझा सवालको बहसमा राष्ट्रिय अपाङग महासंघमा अध्यक्ष विरेन्द्र पोख्रेल, जो दृष्टिविहीन हुनुहुन्छ; ए नेकपा माओवादीका नेता एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल र संविधान सभाको मौलिक अधिकार तथा निर्देशक सिद्दान्त समितिका सदस्य तथा एमाले नेता प्रदिप ज्ञवाली हुनुहुन्छ र उहाँको छोरी सुस्तमनस्थितीको हुनुहुन्छ ।

Guests: Devendra Paudel / Poudel and Pradeep / Pradip Gyawali
Date: 15.01.2012
Watch

No comments:

Post a Comment