18 September, 2011

BBC - Sajha Sawal Eps. 201 (2011)


About:
Food Adulteration

कतिपय गुँदपाक, दुध, मिठाई जस्ता धेरैले मीठो मानि मानि खाने चिजबिजमा खानै नहुने दुषित बस्तु मिसिएको भनि सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखाले प्रमाणित गरिसकेको छ। हजारौं उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै जानी जानी त्यस्ता सामान उत्पादन गर्ने उत्पादक र ब्यापारीहरुलाई कारबाही भएको छ कि छैन। किन त्यस्तो अखाद्य बस्तु मिसाएर खाने कुरा उत्पादन गर्न उत्पादकहरु रत्तीभर डराउँदैनन्?
दशैं आउनै लाग्दा बजार अनुगमनको काम बढेको देखिन्छ र त्यससंगै खानेकुरामा मिसावटको घटानाहरु पनि एकपछि अर्को सार्वजनिक भैरहेका छन। यस्तो बजार अनुगमन किन चाडबाडको बेलामा मात्रै बढि हुन्छ, के अहिलेको बजार अनुगमनको गति दशैं तिहारपछि पनि निरन्तर होला? मिसावट गर्ने, खाने नहुनै चिजराखेर खाद्यन्न उत्पादन गर्नेलाई पनि कारबाही गरिन्न भनेर धेरैले किन आशंका पाल्न परेको होला? यसपटकको साझा सवालमा यो विषयमा छलफल गर्न हामीसँग निवर्तमान गृहसचिव लीलामणि पौडेल, आपुर्ति मन्त्रालयका सचिव पुरूषोत्तम ऒझा, सभासद् र उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ हुनुहुन्छ।

(लीलामणि पौडेल गृहसचिवबाट सरूवा हुनुभन्दा अघिल्लो दिन रेकर्ड गरिएको कार्यक्रम भएकाले उहाँलाई गृहसचिवकै रूपमा प्रस्तुत गरिएको छ । यसबाट यहाँहरूमा हुन जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।)

Guests: Lilamani Poudel / Paudel, Puroshottam Ojha and Jyoti Baniya
Date: 18.09.2011
Watch

No comments:

Post a Comment