18 November, 2007

BBC - Sajha Sawal Eps. 001 (2007)


About:
With Prime Minister GP Koirala 

साझा सवालको पहिलो अंकका लागि हामी आज कोईराला निवास निवास विराटनगरमा छौं र हामीसँग हुनुहुन्छ नेपालका प्रधानमन्त्रि गिरिजा प्रसाद कोईराला ।
कोईराला नेपाली राजनीतिको ६ दशक भन्दा लामो इतिहासका साक्षी हुनुहुन्छ । राणा शासन, पञ्चायती व्यवस्था, ४६ सालको प्रजातान्त्रिक व्यवस्था, माओवादीको सशस्त्र विद्रोहपछि सक्रिय राजतन्त्र झेल्दै अहिले गणतन्त्रमय नेपालको नेतृत्व कोईरालाले गरिरहनुभएको छ ।
मुलुकमा सवै दलहरु संविधानसभालाई आफ्नो लक्ष्य भनिरहेका छन् तर चुनाव भने निर्धारित समयमा हुन सकेन । यस्तो अवस्थामा आम नेपालीको शान्तिको चाहना कसरी पुरा हुन सक्छ? राजनीतीक दलहरुबीच सहमति कायम गर्न प्रधानमन्त्रि के गर्दै हुनुहुन्छ होला त? हामी यी सवालको जवाफ खोज्ने प्रयास गर्नेछौं ।